• ५ असोज २०८३, सोमबार
  • १ः१४ दिउँसो

नेकपा असफल हुँदैमा संसद र देश असफल हुँदैनः जितेन्द्र देव

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:३८

काठमाडौंः नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्र देवले एउटा पार्टी असफल हुँदैमा संसद र देश असफल हुन नसक्ने बताएका छन् ।

National Life

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा देवले प्रतिनिधि सभा सरकार बनाउन असफल भएको अवस्थामा मात्र विघटन हुने दाबी गरेका हुन् ।

नेकपाभित्रको विवादले प्रतिनिधि सभा विघटन भएको चर्चा गर्दै देवले अल्पमतमा परेपछि राजीनामा दिन छाडेर प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गराएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने लक्षण आकाशमा मडारिएको बताउँदै जनआन्दोलन, मधेस आन्दोलन, जनयुद्धलगायतका आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अग्रगमनकारी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरिएको भन्दै देवले संघीयता र गणतन्त्रप्रति प्रधानमन्त्रीको धारणासमेत मागेका छन् ।

प्रतिकृया