• ५ असोज २०८३, सोमबार
  • १२ः४४ दिउँसो

प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउनुस्ः निरूदेवी पाल

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:३१

काठमाडौंः नेकपाकी नेतृ निरूदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गदसंघीयता खारेज गर्नु पर्ने धारणा राखेकी हुन् ।

उनले लेखेकी छन्, सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार ।’

Classic Tech Mobile
Classic Tech Desktop

२०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन्। साथै उनी पाल तत्कालीन एमालेको युवा संघको पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिकृया