एनसेलकोे ‘दामी क्यास ब्याक’ योजना
प्रकाशित मिति
२०७७ पुष ५ गते, आईतवार ०३:०८
. रु ५० को रिचार्जमा रु ५१ देखि रु १०० सम्म मेन ब्यालेन्स पाईने
. रु १०० को रिचार्जमा रु १०२ देखि रु २०० सम्म मेन ब्यालेन्स पाईने
काठमाडौं, पुस ५ । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथानयाँवर्ष २०२१ को उपलक्षमाआफ्ना प्रिपेड ग्राहककालागि ‘दामीक्यासब्याक’ योजनाल्याएको छ । यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।
यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमाहालपाईने रु ४९.०२भन्दा बढि अर्थात रु ५१ मेनब्यालेन्स प्राप्तगर्दछन् । त्यसैगरी रु १०० को रिचार्जमा अब कम्तिमाविद्यमान रु ९८.०४भन्दा बढि रु १०२ मेन ब्यालेन्स पाउँछन् ।
यो योजनाआइतबार (पुष ५) बाट लागु भएको छ र १५ दिनकालागि संचालनमा रहनेछ ।
योजनाअवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमाप्रत्येक रिचार्जमा विद्यमानभन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुखविषेशताहो । रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामाअधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु १०० रिचार्ज गर्नेले रु २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथानयाँवर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चितगर्दै यो आकर्षक योजनाल्याउनपाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथाअनलाइनजुनकुनैपनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थपमेन ब्यालेन्सको लाभलिन सकिनेछ । यो योजना पुस १९ गत सम्म लागु हुने जनाएको छ ।






प्रतिकृया