• ८ असोज २०८३, बिहीबार
  • ५ः३७ बेलुका

बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०४:३४

काठमाण्डौ, बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ता महानुभावहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट मिति २०७७ मंसिर २४ गते देखीे “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा मिति २०७७ मंसिर २९ गते सोमबार निष्काशन बन्द गरीएको जनाएको छ ।

National Life

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ता महानुभावहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको जानकारी दिएको छ । यस बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ता महानुभावहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ ।

बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिकृया