सनराइज बैंकको २३ औं वार्षिक साधारणसभा पुस २४ गते
प्रकाशित मिति
२०७७ मंसिर २८ गते, आईतवार ०२:४२
काठमाडौं : सनराइज बैंकले पुस अन्तिम साता २३ औँ वार्षिक साधारणसभा डाकेको छ । पुस २४ गतेका लागि बोलाइएको साधारणसभा अनलाईन माध्यमबाट सम्पन्न गर्ने जनाएको छ ।
बैंकले साधारणसभामा चुक्ता पुँजी ८.२८ प्रतिशत लाभांशको प्रस्ताव लैजाने भएको छ । बैंकले २.४८ प्रतिशत नगद लाभांश र ५.८० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा बैंकको सञ्चालक समितिले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव लैजाने भएको छ ।
साधारणसभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन् । शेयरधनीहरु जुममार्फत् साधारणसभामा उपस्थित हुन सक्ने छन् । साधारणसभामा आफ्नो विचार राख्नका लागि ७ दिन अगाडि नै बैंकमा सम्पर्क गर्नुपर्नेछ ।






प्रतिकृया