• ८ असार २०८३, सोमबार
  • ११:४५ बेलुका

कांग्रेस पदाधिकारी तनहुँ घटनाबारे छलफल बैठक

प्रकाशित मिति

२०७७ मंसिर १९ गते, शुक्रबार १२:०९

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।

Kamana Sewa

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ । व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो ।

Classic Tech Desktop

दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गरेका छन् ।

प्रतिकृया