नेबिकोले एकैसाथ दश नयाँ प्रोडक्ट लञ्च ,ओट्समिल, चोकोज र कर्नफ्लेक्समा पनि नेबिकोको लगानी
प्रकाशित मिति
२०७७ मंसिर १७ गते, बुधबार ०५:१२
काठमाण्डौ,नेपालमा यस्तो पनि एउटा समय थियो, मानिसहरुले बिस्कुट भन्नेबित्तिकै नेबिको सम्झिंन्थे । नेपाली बिस्कुट र कन्फेक्सनरी बजारमा आधा शताब्दीभन्दा लामो त्यही बिश्वासिलो ब्राण्ड नेबिकोले दशैं तिहारजस्ता चाडबाडको मुखैमा थप नयाँ दश उत्पादनहरु बजारमा ल्याएको छ ।
सन् १९६४ देखि नेपाली बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको नेबिकोले आफ्नै थुप्रै उत्पादन मार्फत आज पनि उपभोक्ताको मन उत्तिकै जितिरहेकै छ । ग्राहकको त्यही माया र विश्वासका कारण एकैपटक १० नयाँ उत्पादन शुरु गर्न सकेको कम्पनीले जनाएको छ ।

नयाँ उत्पादनका रुपमा नेबिकोले कर्नफ्लेक्स, ओट र चोकोज बजारमा ल्याएको हो । ३०० ग्राम प्याकेटमा उपलब्ध नेबिको कर्नफ्लेक्सको मूल्य २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ३५० ग्राम तौलको नेबिको चोकोजको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । ओट्समा भने नेबिकोले ५ सय ग्राम र एक किलोको दुई फरक फरक जार बजारमा ल्याएको छ ।

नेबिको ओट्स ५०० ग्रामको मूल्य रु।२०० र नेबिको ओट्स एक किलोको मूल्य रु।३८० प्रतिजार रहेको छ । नेबिकोले पाँचवटा फरक फरक भेराइटीका कुकिजहरु पनि लञ्च गरेको छ । नेबिकोले कन्फेक्सनरी अन्तर्गत नेबिको पप्स्टीक लिच्चि फ्लेवर ललिपप पनि भोलिबाट बिक्रि वितरण गरिने जनाएको छ । यसको मूल्य ५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबारबाट सबै नयाँ उत्पादन बजारमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।
यी नयाँ उत्पादनहरुमा पनि विगतमा उपभोक्ताले दिइएका सल्लाह सुझाव अनुसार स्वाद, गुणस्तर र स्वास्थबर्धक कच्चा पदार्थहरुको प्रयोग गरिएकाले उपभोक्तामाझ छिटै लोकप्रिय हुने विश्वास नेबिकोले लिएको छ ।




प्रतिकृया