• ११ असार २०८३, बिहीबार
  • १२:०२ बेलुका

  ५ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ११:३३

काठमाडौं,आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज बुधबार सुन प्रतितोला ५ सय र चाँदी ३० रुपैयाँले बढेको हो । मंगलबार पनि सुन ५ सयले बढेको थियो ।

मंगलबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया