• ७ असोज २०८३, बुधबार
  • २ः२८ दिउँसो

नेकपा सचिवालयको बैठक सम्पन्न, अबअर्को बैठक मंसिर १६ गते १ बजे बस्ने

प्रकाशित मिति

२०७७ मंसिर १३ गते, शनिबार ०३:३०

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सम्पन्न भएको छ ।

National Life

सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।बैठकपछि मिडियाकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आजको सचिवालयको बैठकमा यसअघिको बैठकमा तय भएअनुसार नै अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्नो विचार लिखित रुपमा प्रस्तुत गर्नुभएको छ ।

उहाँले प्रस्तुत गर्नुभएको विचार, प्रस्ताव वा दस्तावेजलाई पनि अध्ययन गर्न सचिवालयका सदस्य कमरेडहरुलाई सयम दिईएको छ । अध्यक्ष कमरेड ओलीको प्रस्ताव समेतको अध्ययन गरेर त्यस विचमा आवश्यक छलफल र गृहकार्य पनि गरेर फेरि सचिवालयको बैठक १६ गते १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेगरि तय भएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

आजको बैठकमा बोल्ने सबैले पार्टीको अहिलेको समस्या र संकटको समाधान गर्न सही दिशा दिन आवश्यकत्ता औंल्याएको पनि उनले जनाए ।

प्रतिकृया