• ७ असोज २०८३, बुधबार
  • १ः५६ दिउँसो

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने

प्रकाशित मिति

२०७७ मंसिर १० गते, बुधबार ११:०९

काठमाण्डौ,मंसिर १० । कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने जानकारि दिएको छ ।

National Life

कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणी महानुभावहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने जनाएको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकहरुलार्ई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया