• २७ भदौ २०८३, शनिबार
  • ९ः४८ बिहान

२४ घण्टामा ३५३८ कोरोना संक्रमित डिस्चार्ज

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०५:०२

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ ।

National Life

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९हजार २४२ रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

प्रतिकृया