अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, दुबै अध्यक्षलाई मिलेर जान सुझाव
प्रकाशित मिति
२०७७ मंसिर ३ गते, बुधबार ०६:५१
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी थिइन् ।
‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बोलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।






प्रतिकृया