आज २७ सय ५३ कोरोना संक्रमित थपिए
प्रकाशित मिति
२०७७ कार्तिक २२ गते, शनिबार ०४:५०
काठमाडौं, नेपालका शनिबार थप २७५३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २७५३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी शनिवार थपिएका संक्रमितमध्ये काठमाण्डौ उपत्यकाका १५ सय १२ जना रहेका छन् । यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । नेपालमा सबैभन्दा धेरै २१ वर्षदेखि ३० वर्ष समुहका व्यक्ति संक्रमित भएका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेरका नागरिक बढि संक्रमित भएका छन् । सबैभन्दा कम संक्रमित ८० वर्षभन्दा धेरै उमेर समुहका रहेका छन् ।


कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म १०८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये शुन्य दशमलब पाँच सात प्रतिशतको मृत्यु भएको हो । मन्त्रालयका अनुसार थप २२०६ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ५५ हजार ११४ जना कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ८० दशमलब नौ चार प्रतिशत निको भएका हुन् । संक्रमितमध्ये अहिले ३५ हजार ४ सय ३५ जनामा सक्रिय संक्रमण रहेको छ ।
यो संख्या कूल संक्रमितको १८ दशमलब चार प्रतिशत हो । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाण्डौ जिल्लामा १५ हजार ४ सय ५५ जना रहेका छन् । हाल ३५ हजार ४३५ जना आइशोलेशनमा छन् । तिमध्ये घरमै बस्नेको संख्या २८ हजार ९ सय २० जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये ३ सय ६५ जना आइसियु र ७६ जना भेन्टिलेटरमा उपचाररत छन् । भने ११४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख २७ हजार ७६६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।।




प्रतिकृया