• ९ असार २०८३, मंगलबार
  • २:०८ बेलुका

राष्ट्रिय वाणिज्य बैंकमा १२ जना सिएका लागि अवसर, सुरुवात एक वर्षको करारबाट

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०२:४३

राष्ट्रिय वाणिज्य बैंकमा १२ जना सिएका लागि अवसर, सुरुवात एक वर्षको करारबाट
काठमाडौं: राष्ट्रिय वाणिज्य बैक लिमिटेडले विशेषज्ञको बिभिन्न पदमा भर्ना खुलाएको छ। बैंकको केन्द्रीय कार्यालय मानव संशाधन विभागले १२ जना सिएका लागि विज्ञापन खुलाएको हो।

वित्तीय विश्लेषक ४, एनएफआरएस विज्ञ/विश्लेषक ४ र कर्जा विश्लेषक ४ गरि १२ जनाको आवश्यकता रहेको सूचना बेंकले जारी गरेको छ। बैकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्था अनुसार करार सेवामा विशेषज्ञ पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन खुलाइएको बैकले जनाएको छ।

Kamana Sewa

योग्यता पुगेकाले नेपालीहरुले १५ दिनभित्र अनलाइन दरखास्त आव्हान दिन सक्नेछन्। दरखास्त दिनका लागि http://recruitment.rbb.com.np मा गएर मागिएको आवश्यक विवरण भर्नुपर्नेछ। बैकको दरखास्त फारममा विवरण भरि आफ्नो नागरिकता प्रमाणपत्र र दरखास्त दिने पदका लागि तोकिएको शैक्षिक योग्यताका प्रमाणपत्रहरु र पासपोर्ट साइको फोटो अनिवार्य रुपमा स्क्यान गरि अट्याच गर्नु पर्नेछ। सेवा अवधि एक वर्षको हुने सूचनामा उल्लेख छ।

Classic Tech Desktop

आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ। तलब भत्ता तथा अन्य सुविधा बैंकले तोकेअनुसार हुनेछ। उम्मेदवारको छनोट अन्तर्वार्ताबाट गरिने छ। थप केही जानकारी चाहिएमा बैंकको मानव संशाधन विभागमा सम्पर्क राख्न सूचनामा भनिएको छ।

 

 

प्रतिकृया