• ७ असोज २०८३, बुधबार
  • १ः१७ दिउँसो

प्रधानमन्त्री रोजगार कार्यक्रमः सूचीकृतको संख्यामा वृद्धि

प्रकाशित मिति

२०७७ कार्तिक ८ गते, शनिबार ०८:४०

बैतडी, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका छन् ।

National Life

गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक हजार छ सय ७७ पुगेको छ। सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष रहेका छन् । दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीका अनुसार सूचीकृत भएका सबैको नाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि प्राथमिकताका आधारमा एक सय दिनको रोजगारी पाउने जोशीले बताए ।

उनले भने, “मन्त्रालयले कार्यविधि पठाए पछि तिहारलगत्तै काम सुरु हुन्छ ।” सरकारले स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । फाराम भरेका बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएकालाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एउटा आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइन्छ । नगरपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्र्तगत रु ५१ लाख बजेटको ब्यवस्था गरिएको छ । गत वर्ष दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा रु २८ लाख बजेटको ब्यवस्था गरिएको जोशीले बताए । गत वर्ष नगरपालिकाले पाँच सय जनालाई रोजगार प्रदान गरेको थियो ।

 

प्रतिकृया