• ९ असोज २०८३, शुक्रबार
  • ३ः३५ राती

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापन

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०२:३७

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ ।

National Life

सवारी व्यवस्थापनलाई म्यानु अलबाट प्रविधिमैत्री बनाई सुरक्षित,व्यवस्थित र सहज बनाउन आजवाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।

आज एक कार्यक्रमका वीच रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् । रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले ‘यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागिपर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बाताएका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको उनको भनाइ थियो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका लागी स्थानिय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेकोमहाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

ट्राफिक लाईट हस्तान्तरण तथा उद्‌घाटन कार्यक्रममा पूर्व एआईजी विज्ञानराज शर्मा, पूर्व एआईजी विजयलाल कायस्थ, पूर्व डिआईजी रमेश खरेल, कामनपा ११ नं। वडाका अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ त्रिपुरेश्वरका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रहरी अधिकृतहरू, नागरिक समाज समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

प्रतिकृया