• ७ असोज २०८३, बुधबार
  • १ः३६ दिउँसो

प्रभु बैंकको नयाँ शाखा लिवाङमा

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ११:३०

काठमाडाैं: प्रभु बैंक लिमिटेडले रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङममा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज देखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा सञ्चालनमा ल्याएको हो ।

National Life

बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर श्री पुर्ण के. सी.ले विहान १०ः२० बजे गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी रहेका पुर्ण के. सी. ले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

प्रतिकृया