• ८ असोज २०८३, बिहीबार
  • ४ः२६ बेलुका

दोहोरो अङ्कले घट्यो नेप्से

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०५:३५

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ ।

National Life

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१।७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोवारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीनको रु १२ करोड ४१ लाख ८० हजार ४५३ बराबरको कारोवार भएको छ । यस्तै नेशनल हाइड्रोपावर रु १० करोड ३७ लाख तीन हजार २४१, सानिमा माई हाइड्रोपावर रु आठ करोड ९७ लाख नौ हजार २८, कुमारी बैंक रु आठ करोड ६० लाख ६७ हजार ५०१, अरुण भ्याली हाइड्रोपावर रु सात करोड १८ लाख १८ हजार ४३०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट रु छ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९।७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।

प्रतिकृया