थपलियालाई राष्ट्रिय युवा संघ नेपाल भक्तपुर इञ्चार्जको जिम्मेवारी प्रदान
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०२:४२
काठमाण्डौं, दिनेश थपलिया “आक्रोश”ले नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जको जिम्मेवारी पाएका छन् । हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका उनको घर नुवाकोटको लिखु गाँउपालीका ४ हो ।
उनले भक्तपुरमा सरकारी कार्यालयहरुको बेथीति, कालोबजारी र भ्रष्टाचार नियन्त्रण लगायतमा अभियान चलाँउदै आइरहेका छन् ।
माओबादी जनयुद्धमा राज्यपक्षबाट चरम दमन खेपेर पनि पार्टीको जिम्मेवारीलाई सफलतापुर्व पुार गरेका थपलिया तार्की र नेतृत्व दिन सक्षम युवाको रुपमा पार्टी पंत्तीमा चिनिन्छ । उनिभित्रको त्यो अदभुत क्षमताको पार्टीले मुल्यांकन गरेका कारण बहुसंख्यक भक्तपुरको रैथानीयाहरुका युवाहरुको नेतृत्व गर्ने अबसर पाएका छन् ।
२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत भएका थपलियालाई तात्कालीन सरकारले दुई बर्ष हिरासतमा राखेर चरम यातना दिएको थियो । २०५८ चैत्र गिरफ्तार भएका थपलिया २०६० चैत्र २६ गते रिहा भएका थिए ।






प्रतिकृया