• ८ असोज २०८३, बिहीबार
  • ११ः२१ बिहान

होटल साहुले कुट्दा भारतीय ग्राहकको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार १२:४१

विराटनगर, होटल सञ्चालकको कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो । सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो । श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले बताएको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा राति श्रीमतीसँगको विवाद गरेपछि तामाङ छुट्याउन गएको देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘तामाङसँग धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएको देखिन्छ ।’

टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो । तर बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया