नेपाल र पाकिस्तानबीच जनस्तर सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावनाः राष्ट्रपति भण्डारी
प्रकाशित मिति
२०७७ आश्विन ६ गते, मंगलवार ०५:४९
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले आज राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको विचार व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
रासस
Related
Recent News
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया