• २८ भदौ २०८३, आइतबार
  • ६ः४६ बेलुका

अब अनलाइनबाट कमाएको विदेशी मुद्रा सजिलै नेपाल ल्याउन सकिने

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ११:२०

काठमाडौं, अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ । नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्रीबापत् प्राप्त हुने विदेशी मुद्रालाई बैङ्किङ प्रणालीमार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेको हो ।

National Life

नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले त्यस्तो रकमलाई स्वदेशी बैङ्क खातामै जम्मा गर्न सकिने र तोकिएको सीमा अनुसार स्वदेशी मुद्रामा रकमान्तर समेत गर्न सकिने व्यवस्था गरेको हो । यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत् हुँदै आएको थियो ।विभागले बिहीबार सूचना जारी गर्दै अनलाइन वित्तीय सेवामार्फत् नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न व्यवस्था गरिएको जानकारी दिएको हो । ‘सूचना प्रविधिसम्बन्धी दक्षता, विज्ञताको निकासी बिक्री, सामाजिक सञ्जालमा राखिएबापत प्राप्त हुने रकम र खुद्रा स्तरको अन्तर्राष्ट्रिय व्यवसायिक र व्यापारिक कारोबार बापत प्राप्त हुने रकमहरु मान्य हुनेछन्,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तो रकम सुरुमा स्वदेशी बैङ्क खातामा विदेशी मुद्राको रुपमा जम्मा हुन्छ । आवश्यकता अनुसार तोकिएको सीमाभित्र रहेर त्यस्तो रकमलाई स्वदेशी रकमान्तर गर्न सकिन्छ ।तर नेपालबाट विदेश पठाउने मुद्राको सन्दर्भमा भने विदेशी विनिमय विभागको निर्देशन अनुसार हुने प्रष्ट पारिएको छ । ‘विदेशी मुद्रा आर्जन गर्ने प्रयोजनका लागि त्यसबापत लाग्ने शुल्क वा रोयल्टी भुक्तानीका लागि भने विदेशी विनिमय विभागले जारी गरेको निर्देशन पालना गर्नुपर्नेछ’ विभागले भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसरी कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाले यस्तो कारोबारको मासिक विवरण प्रत्येक महिना सकिएको १५ दिनभित्र विभागमा पेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

प्रतिकृया