• ८ असोज २०८३, बिहीबार
  • ११ः३८ बिहान

ब्याज र घरभाडा मिनाहा गर्न महासंघको माग

प्रकाशित मिति

२०७७ भाद्र २३ गते, मंगलवार ०९:०५

काठमाडौं,नेपाल राष्ट्रिय व्यवसायी महासंघले निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ । महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । महासंघले आज प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारेको छ ।

National Life

महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने बताएको छ ।यसैगरी उद्योग–व्यवसायहरुको घरभाडा (व्यवसायिक घरभाडा) बन्दाबन्दी अवधिभरको पूर्ण मिनाहाका लागि सरकारले भूमिका खेल्नु पर्ने पनि महासंघले माग गरेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया