• १ असोज २०८३, बिहीबार
  • ११ः१६ बिहान

कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइः मदनसुन्दर श्रेष्ठ

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०४:१५

काठमाडाैं,उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाब दिएको बताए ।

National Life

सञ्चारकर्मीसँगको कुराकानीमा फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड– १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझै पनि मानिस बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड– १९ संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मानिसहरूको आवागमनलाई पूर्ण रूपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरूमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरातदेखि सकिँदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत् राख्ने वा स्वरूप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दै छ ।

प्रतिकृया