‘सामाजिक उद्यमशीलता कोष’स्थापना गर्ने घोषणा
प्रकाशित मिति
२०७७ भाद्र १४ गते, आईतवार ०४:२४
काठमाण्डौ, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’स्थापना गर्ने घोषणा गर्नु भएको छ ।
मन्त्री गुरुङले समाज सेवा गर्ने मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि समाज कल्याण परिषद अन्तरगत सो कोष स्थापना गर्ने सोच अघि बढाउनु परेको स्पष्ट पार्नु भयो ।
बियोन्ड बेईजिङ कमिटी नेपालले प्रकाशित गरेको ‘एक्सेस टू जसटिसः सोसियल इन्टरप्राईज इन नेपाल’ नामक अध्ययण प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल मिटिङमा बोल्दै उहाँले सामाजिक उद्यमशीलतामैंत्री ऐन कानुन तत्काल तर्जुमा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐन, कानुनको निर्माण गर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । ‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याटलगायतका समस्या समाधान हुने गरी ऐन, कानुनको परिमार्जन गर्नुपर्ने बताउनु भएको छ ।





प्रतिकृया