• ८ असोज २०८३, बिहीबार
  • ३ः२४ दिउँसो

स्वास्थ्य प्रोटोकलबारे छलफल, उपत्यकामा ६ हजार बेड क्षमताको एकीकृत क्वारेन्टिन सञ्चालन हुदै

प्रकाशित मिति

२०७७ भाद्र १२ गते, शुक्रबार ११:१५

काठमाडौँ, उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच छलफल भएको छ । छलफलमा स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ एकीकृत आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

National Life

विश्वभर महामारीको रुपमा फैलीरहको कोरोना भाइरस नेपालमा पनि तीव्र रुपमा फैलीरहको छ । विभिन्न ठाँउ जाखीममा पनि परेका छन् । काठमाडौं उपत्यका यो भाइरसको उच्च जोखीममा परेको छ । यसै क्रममा संक्रमितको दर बढ्दै गएपछि ६ हजार बेड क्षमताको एकीकृत क्वारेन्टिन निर्माण गर्ने तयारी थालिएको छ । उत्यकामा एकीकृत क्वारेन्टाइन निर्माणको तयारी संघीय सरकार र स्थानीय तहको सहयोगमा थालिएको हो ।

उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदूपयोग गर्दै उपत्यकाकामा तीव्र गतिका साथ एकीकृत आइसोलेसन निर्माणमा गर्नुपर्नेमा जोड दिए । बैठकमा अहिलेसम्म एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि भएका प्रयास र गरेका कामका बारेमा समीक्षा भएको नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार उपत्यका नगरपालिका फोरमको सुझावपछि सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेसन निर्माण गर्ने निर्णय भएको छ । संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधी भित्रै एकीकृत आइसोलेसन निर्माण गर्ने गरी काम अघि बढेको जानकारी दिए ।

प्रतिकृया