• ८ असोज २०८३, बिहीबार
  • ४ः०२ बेलुका

स्वास्थ्यकर्मीलाई सम्मान गर्न अभिनेत्री सिवाकोटीको सुझाव

प्रकाशित मिति

२०७७ भाद्र १२ गते, शुक्रबार ११:४८

नेपालमा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढिरहेको छ । कोरोना भाइरस बढ्दै जादा काठामडौ उपत्यका उच्च जोखीममा परेको छ । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको सेवामा खटिरहेका छन् । तर पनि पछिल्लो समय राजधानी काठमाडौँ लगायत थुप्रै ठाउँबाट स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भईरहेका छन् । स्वास्थ्यकर्मीहरु आफैँले पनि आफुमात्र नभई आफ्नो सिंगो परिवार नै समाजबाट तिरस्कृत हुनुपरेको तितो यथार्थ पोखीरहेका छन् ।

National Life

आफ्नो कर्ममा लागिरहेका स्वास्थ्यकर्मीहरुको सम्मान गर्न र उनीहरुलाई हेयको दृष्टिले नहेरिदिन सर्वसाधारणले आवाज उठाएपनि हालसम्म कुनै कलाकर्मीले यस विषयमा बोलेको देखिएको थिएन । तर, आज एक अभिनेत्री यो विषयमा बोलेकी छिन । निकै नै सुन्दरी अभिनेत्री वर्षा सिवाकोटीले यसपटक स्वास्थ्यकर्मीहरूको पक्षमा आवाज बोलेकी छिन् ।

उनका अनुसार ‘सानो अनुरोध’ शिर्षकमा क्वारेन्टिन, आईसोलेसन र हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै गर्दा स्वास्थ्य सेवा प्रदान गर्न खटिने डाक्टर, नर्स तथा मेडिकल क्षेत्रका सबैमाथि माया र सद्भाव राख्नु अत्यन्त आवश्यक

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै संक्रमितलाई अपहेलित गर्ने, संक्रमितको स्याहारमा लागेका डाक्टर, नर्सहरुलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय भएकोले यस जटिल परिस्थितीमा दिनरात नभनी खट्ने ‘फ्रन्टलाइन’ वर्करलाई सम्मान गर्न पनि अनुरोध गरेकी छिन् ।

अन्त्यमा उनले ‘आफ्नो समुदायमा कोही संक्रमित भए उनीहरुको विशेष ख्याल राखौँ र मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एकअर्कालाई साथ दिऔँ र सहयोग गरौँ’ भन्दै सुझाएकी छिन् ।

प्रतिकृया