• ३ असोज २०८३, शनिबार
  • १ः०४ दिउँसो

भक्तपुर नगर प्रवेश गर्नेको विवरण लिइने

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०८:१०

भक्तपुर । कोरोना भाइरस संक्रमितहरु बढ्न थालेपछि भक्तपुर नगरपालिकाले नगर क्षेत्र प्रवेशमा कडाइ गर्ने भएको छ। उसले भक्तपुर नगर छिर्ने मुख्य नाकाहरुमा कर्मचारी खटाएर भाद्र १ गतेदेखि कडाइ गर्ने भएको हो।

National Life

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा कर्मचारी खटाएर भदौ १ गतेदेखि नगर प्रवेश गर्नेहरूको विवरण संकलन गरिने जानकारी दिएका हुन्। भक्तपुर नगरमा कोरोना भाइरस संक्रमितहरुको सम्भावित प्रवेशलाई नियन्त्रित गर्ने उद्देश्यले उक्त व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे।

‘नगर प्रवेश गर्नेको विवरण संकलनले कसैलाई कोरोना भाइरस संक्रमण पुष्टि भए तत्काल पहिचान गर्न सघाउ पुग्ने विश्वास लिएका छौं’, नगर प्रमुख प्रजापतिले भने, ‘त्यसैले नगर प्रवेश गर्ने नाकाहरूमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानी गर्नेछौं।’

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार भक्तपुर नगर प्रवेश गर्ने प्रमुख नाकामध्ये पूर्वतर्फ च्याम्हासिंह–ताथली–नाला सडक र पश्चिम सल्लाघारी–व्यासी–नगरकोट सडक र दूधपाटीमा कर्मचारी खटिनेछन्। त्यस्तै जिल्लाकै चाँगुनारायण नपा भएर भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये खसाङखुसुङ खेला पुल, वन्ती, खरिपाटी, यातु महादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, थुसाचा र हनुमानघाट नाकामा पनि नगर प्रवेश गर्नेहरुको विवरण संकलन गरिनेछ।

त्यस्तै सूर्यविनायक नगरपालिका भई भक्तपुर नगर प्रवेश गर्ने नाकाहरुमध्ये भेलुखेल, राममन्दिर, बाराही र सल्लाघारीमा पनि कडाइ गरिने नगर प्रमुख प्रजापतिले बताए। उनका अनुसार ती नाकाहरुमा पर्यटन सेवा केन्द्रअन्तर्गतका कर्मचारीहरु खटिनेछन्। कोरोना भाइरस महामारीले अहिले पर्यटन क्षेत्र ठप्प छ। बाह्य पर्यटकहरुको आवागमन रोकिएका छन्।

नपाले भक्तपुर नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग सेवा शुल्क संकलन गर्न नगर प्रवेश गर्ने प्रमुख १४ स्थानमा पर्यटन सेवा केन्द्र स्थापना गरेको छ। सोही केन्द्रमा परिचालन हुँदै आएका कर्मचारीहरुलाई नपाले निर्धारण गरेका नाकाहरुमा खटिने नपाले जनाएको छ । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया