• ८ असोज २०८३, बिहीबार
  • ३ः२१ दिउँसो

सत्र वर्षमा सोह्र सय कविता

प्रकाशित मिति

२०७७ श्रावण २५ गते, आईतवार ०१:२५

इलाम, बालिका करीब नौ वर्ष हुनुभएको थियो । आँगनमै बसेर गृहकार्य गर्दै गर्नुभएकी उहाँलाई आफ्नै बुबा ९टुङ्गनाथ थपलिया०ले एक्कासि कविता लेख्न आदेश दिनुभयो । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’झँै भयोे ।

National Life

कवितामा कहिल्यै कलम नचलाएकी थपलियालाई शीर्षककै दिएर कविता लेख्न आदेश दिँदा नआत्तिने कुरै भएन । “कविता लेख्नेतिर त मेरो ध्यान नै थिएन । बुबाले मेरो देश नेपाल शीर्षकमा कविता लेख्न भनेर भन्नुभएको थियो”, यसरी बुबाको आदेशपछि कविता लेख्न थाल्नुभएकी बालिकालाई आफ्ना भविष्य साहित्यमय बन्छ भन्ने थाहा नभए पनि बुबाले भने केही लक्षण देखिसक्नुभएको थियो ।

‘‘केही समयपछि नै कविता लेखेर बुझाएँ। ती दिन सम्झँदै उहाँले भन्नुभयो, ‘‘केही बेरपछि बाको प्रतिक्रिया सकारात्मक नै आयो ।’’ त्यसपछि एकपछि अर्को गर्दै बालिकाका कविताका सङ्ख्या बढ्दै गए भने सङ्ख्यासँगै गुणस्तर पनि । पृष्ठभूमि नै साहित्यकारको घराना भएकाले बालिकालाई ‘कविताले चुम्बकले झै तान्न’ थाल्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

विस्तारै विद्यालयका प्रतियोगितामा पनि बालिकाका कविता गुञ्जिन थालेपछि झनै हौसला बढ्दै गयो । कविता लेख्न शुरु भएको दुई वर्षपछि ९११ वर्ष० नै विद्यालय ९शारदा माध्यमिक विद्यालय०मा कवितामा तृतीय स्थान हासिल गर्दा त परिवारमा हौसलाको सीमा रहेन, बालिकाका आँखामा हर्षका आँशु बग्न थाले । “त्यो पुरस्कार मेरो अविष्मरणीय पुरस्कार हो । अमूल्यझँै लाग्छ”, बालिकाले विगत सम्झँदै भन्नुभयो, “त्यसरी भाग लिएका सबैजसो ठाउँमा एउटा न एउटा स्थान त जमाइहाल्थेँ । कविताप्रतिको मेरो लगाव देखेर बा औधि खुशी हुनुहुन्थ्यो ।”

प्रेमको ‘सेतु’नै कविता

पन्ध्र वर्षसम्म बाल कविता लेखे पनि वर्ष १६ पुगेपछि बालिकालाई पनि यौवनमय कविता लेख्न मन लाग्न थाल्यो । त्यो उमेरसम्म पनि अविछिन्न रूपमा कविता लेख्दै गर्नुभएकै बालिकालाई त यो समय नयाँ खुराक भेटेझैँ भयो । बालिकाको उमेर १७ पुग्दा त कविता पनि एक हजार ६०० पुगिसकेका छन् । यही विषयमा भिनाजु ९डा देवी क्षेत्री दुलाल० प्रभावित भएर पत्रिकामा ‘सालीको उपहार, १६ सय कविता’ लेख्नुभयो । “भिनाजुले आँखा पत्रिकामा यो कविता लेख्नुभएको रहेछ । मलाई त पत्तै थाहा थिएन”, बालिकाले भन्नुभयो, “भिनाजुले कान्तिपुरमा काम गर्ने पत्रकार वेनुप भट्टराईलाई कविता छाप्न दिनु भएछ ।” त्यही कवितामार्फत बालिका र वेनुपको चिनजान बढ्दै गयो ।

कविताले जोडेको मित्रता विस्तारै प्रेममा परिणत भयो र पछि विवाहसमेत भयो । “धेरैले अचम्म मान्छन् कविता लेखेकै कारण प्रेम सम्बन्धमा पुग्यौ ।” विवाहपछि पनि कविता रचना सधैँ बालिकाको प्राथमिकतामै प¥यो । कुनै समय निक्लिए वा निकालेर पनि उहाँ कवितामै बस्नु हुन्थ्यो । कविताबाटै समाज परिवर्तन हुन सक्छ भन्ने बुझ्नुभएकी बालिकाले कविताबाहेक अन्य विधामा पनि कलम चलाउनुभयो तर कविता विशेष नै लाग्यो ।

सङ्घर्षशील व्यक्तिको पुस्तक अनुवाद

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएकी बालिकालाई सङ्घर्षरत व्यक्तिको जीवनी नेपालीमा अनुवाद गर्न पाए धेरैलाई उत्प्रेरक बन्न सक्छ भन्ने लाग्यो । रहर भएर भएन किताब अनुवाद गर्ने काम सामान्य थिएन । ‘चुनौतीलाई पन्छाउँदै भए पनि अनुवाद गर्छु’ भन्ने भन्ने भएपछि अफ्रिकी राष्ट्रपति नेलसन मन्डेलाको कृति अनुवाद गर्ने तर्खरमा थपलिया पुग्नुभयो । “जीवनमा सङ्घर्ष गरेको व्यक्तिको किताब अनुवाद गर्ने अठोट गरेकी थिएँ, त्यो अवसर पनि आयो”, थपलियाले भन्नुभयो ।

थपलियाले ५० हजार शब्दको किताब छ महिनामै अनुवाद गर्नुभयो । अहिलेसम्म बालिकाले फ्लोरेन्स नाइटिङ्गल र अब्राहम लिङ्कनका गरी तीनवटा किताब अनुवाद गर्नुभएको छ । केही समयअघि बालिकाकोे ‘प्रणयपथ’ कविता सङ्ग्रह बजारमा आएको छ भने अन्य दुई पुस्तक पनि आउने तर्खरमा छन् । “साहित्य समाजको ऐना हो त्यसैले मैले सधँै साहित्यलाई प्राथमिकता दिएकी हुँ”, बालिकाले भन्नुभयो । ठूलो व्यस्तता र पारिवारिक कामसमेत भ्याएर बालिकाले साहित्यलाई समय दिइरहनुभएको छ । बालिकाले अनुवाद र कविताबाहेक कृतिको समालोचना र निबन्धमा समेत दखल राख्नुहुन्छ ।
रासस

प्रतिकृया