• ७ असोज २०८३, बुधबार
  • ६ः१५ बिहान

रूपन्देहीको छिपागडमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार ०९:२७

 

National Life

रूपन्देही, रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका – ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतकमध्ये ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीबाहेक अरू दुई जनाको पहिचान हुन नसकेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

प्रतिकृया