• २६ भदौ २०८३, शुक्रबार
  • १ः३६ राती

लकडाउनबारे विज्ञका सुझाव कार्यान्वयनमा लैजान प्रतिवद्धत छुः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०४:२९

काठमाडौं, कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन् । आज सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाएका हुन्।

National Life

प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित २५ जनाको उपस्थिति रहेको थियो ।

छलफलमा समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको जनाइएको छ। तराइका, वीरगन्ज, नेपालगञ्ज लगायतमा धेरै समस्या देखिएको तथा काठमाडौँमा समेत पछिल्लो समय संक्रमित बढेको अवस्थामा विज्ञका सुझावलाई महत्त्वपूर्ण रुपमा लिने र कार्यान्वयनमा लैजाने निष्कर्ष निस्किएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साढे चारघण्टा भएको परामर्शले सरकारले चालेका कदमका र अव चाल्ने कमदमा निम्ति नयाँ मार्गनिर्देश गरेको पनि थापाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया