• २८ भदौ २०८३, आइतबार
  • ६ः३३ बेलुका

सनराइज बैंक र एटी सर्भिसेसबीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता

प्रकाशित मिति

२०७७ श्रावण १९ गते, सोमबार ०६:३०

काठमाडौं । सनराइज बैंक लिमिटेड र हङ्गकङ्गस्थित एटी सर्भिसेसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहने नेपालीहरुले नेपालमा रहेका आफन्त तथा साथिभाईहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ ।

National Life

यसरी एटी सर्भिसेसमार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

एटी सर्भिसेसमार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १ सय ३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

प्रतिकृया