• ७ असोज २०८३, बुधबार
  • ३ः१६ राती

ओढारमा पस्दा ढुंगाले च्यापेर एक युवकको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण १० गते, शनिबार ०८:०५

 

National Life

दैलेख । दुम्सी खोज्न ओढारमा पसेको बेला ढुंगाले च्यापेर दैलेखमा एक युवकको मृत्यु भएको छ। नारायण नगरपालिका ११ बिन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए।

नारायण नगरपालिका ११ बिन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सीको बासस्थान ओढारमा पसेरका बेला माथिबाट ढुंगा खसेर च्यापिएर विष्टको घटना स्थलमै मृत्यु भएको हो। ओढारभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि उनीसँगै ओढारमा पसेका खड्कबहादुर विष्ट भने भाग्न सफल भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

ओढारभित्रै च्यापिएको करिब डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीको प्रहरी टोरीले मृतकको शव बाहिर निकालेका थिए। मृतकको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ। मृतक रेशमबहादुर बिष्ट नौमूले गाउँपालिका९७ पैतीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षक हुन्। उनको श्रीमती र ४ छोरा छन्। ती मध्ये कान्छो छोरा २ महिनाको मात्र भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया