• ८ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

धादिङको पहिरो अपडेटः ४ जनाको मृत्यु, ८ घर पुरियो

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०५:५८

काठमाडौं केहि दिन देखिको अविरल वर्षापछिको पहिरोमा पुरिएर धादिङमा ४ जनाले मृत्यु भएको छ । भने केही परिवार विस्थापित भएका छन् ।

National Life

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षण (डीएसपी) रुपक खड्काका अनुसार हिजो र अस्तिको पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका मिलन खाँड, उनकी पत्नी २२ वर्षकी सम्झाना खाँड र उनीहरूका २ वर्षकी छोरी अञ्जिता खाँडको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घरमाथिबाट आएको पहिरोमा घरभित्रै पुरिएर उनीहरूको मृत्युभएको डीएसपी खड्काले खबरहबलाई बताए । उनीहरूको घर पुरिएको खबर पाएपछि प्रहरीको टोलीले आज बिहान उनीहरूको शवनिकालेको थियो ।

यस्तै हिजो गजुरी गाउँपालिका–२ मजुवाडाँडामा गएको पहिरोमा पुरिएर १७ वर्षकी युवती निरुता परियारको पनि मृत्युभएको थियो ।

डीएसपी खड्काका अनुसार पहिरोमा परी गजुरी गाउँपालिका २ का २८ वर्षका जिपेन चौधरी र बेनीघाट रोराङ गाउँपालिका–८ भुसाटारकी ५ वर्षकी बालिका संगीता चेपाङ घाइते भएका छन् ।

घाइते भएका चौधरीको स्थानीय अस्पतालमा उपचार गरिएको र चेपाङलाई भने थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोका कारण धादिङमा ८ घर पुरिएको डीएसपी खड्काको भनाइ छ । उनका अनुसार २० जना विस्थापित भएका छन् । पहिरोमा पुरी घरबिहीन भएका उनीहरूलाई गजुरी गाउँपालिकाको भद्रकाली सामुदायिक भवनमा राखिएको छ ।

प्रतिकृया