• २० भदौ २०८३, शनिबार
  • २ः३५ राती

फेरी नेपाल प्रवेश गर्‍यो सलहका दुई झुण्ड

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०४:२३

काठमाडौं, भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान ९ बजेर ३० मिनेटमा र दिउँसो गरेर दुई वटा झुण्ड दाङमा देखिएको पुष्टि गर्नुभयो । उक्त झुण्ड धेरै ठूलो नभएको सुवेदीले बताउनुभयो । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुण्ड देखिएको हो ।

National Life

केन्द्रका प्रमुख सुवेदीले भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुण्डबाट टुक्रिएर नेपालतिर आएको अनुमान छ । केन्द्रले प्रक्षेपण गरेको ठूला झुण्ड नेपाल प्रवेश नगरेको बताएको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुण्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया