• २२ भदौ २०८३, सोमबार
  • ९ः४१ राती

कोरोना संक्रमित व्यवस्थापनमा गर्न काठमाडौंका अस्पताललाई हम्मे

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०९:३८

काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै कोरोना उपचारका लागि तोकिएका काठमाडौंका अस्पताललाई हम्मेहम्मे पर्न थालेको छ। दैनिक दर्जनभन्दा बढी संक्रमित थपिन थालेपछि संक्रमित व्यवस्थापनमा अस्पतालहरूलाई मुस्किल पर्न थालेको हो।

National Life

कोभिड प्रयोजनका लागि छुट्ट्याएका अस्पतालले आइसोलेसन भरिन थालेपछि लक्षणविहीन संक्रमितलाई आइसियु कक्षमा राखेर उपचार गर्न थालेको छ। यसले गम्भीर संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अस्पतालहरू अलमलमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेभल वान कोभिड अस्पताल तोकेको आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टर कीर्तिपुर र काठमाडौं मेडिकल कलेज दुवाकोटमा सामान्य संक्रमितलाई राखेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका आइसियुमा गम्भीर प्रकृतिका संक्रमित भर्ना गर्नसक्ने विकल्प भए पनि खासै चासो देखाइएको छैन।

आइसियु आवश्यक पर्ने संक्रमित आए सामान्य संक्रमितले नै आइसियु अकुपाई गरिसकेकाले व्यवस्थापन गर्न सक्ने अवस्थामा आफूहरू नरहेको सरुवा रोग अस्पतालका चिकित्सक बताउँछन्। कोरोना संक्रमित भर्ना गर्न आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा २४ शड्ढयाको आइसोलेसन र काठमाडौं मेडिकल कलेज दुवाकोटमा २४ शड्ढया आइसोलेसनका लागि व्यवस्थापन गरिएको भए पनि स्वास्थ्य मन्त्रालयले संक्रमितलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा मात्र राख्न दबाब दिइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३० वटा शड्ढया आइसोलेसन, २० शड्ढया आइसियु र ९ वटा भेन्टिलेटर व्यवस्थापन गरिएको छ। आइसियु र भेन्टिलेटरका लागि १० जना तालिमप्राप्त स्वास्थ्यकर्मी र दुईवटा एक्सरे मेसिन रहेको अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताए। शुक्रराजले २० शड्ढयाको आइसोलेसन भए पनि ४२ जना संक्रमित भर्ना हुन आएपछि पाँच शड्ढया थपेको छ। त्यसले पनि नपुगेपछि सात संक्रमितलाई आइसियुमा राखेको छ। स्वास्थ्य मन्त्रालयले तत्काल नयाँ व्यवस्थापन नगरे स्थिति भयावह हुने सक्ने देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया