• २० भदौ २०८३, शनिबार
  • १०ः०७ बिहान

कोरोना अपडेटः १८० संक्रमित थपिए, २६४ जना डिस्चार्ज, एकको मृत्यु

प्रकाशित मिति

२०७७ असार २२ गते, सोमबार ०४:५९

काठमाडौँ, पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

National Life

क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नौ हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जोनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जोनमा थपिएका हुन् ।

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४ पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् । महोत्तरी, रौतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।

Classic Tech Desktop

त्यसैगरी थप एक जनाको मृत्यु भएको छ । असार २१ गते वाग्लुगको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेको छ ।

प्रतिकृया