• २३ भदौ २०८३, मंगलबार
  • २ः११ राती

पार्टीभित्र देखिएको समस्या सहमतिका आधारमा समाधान गर्नुपर्नेः नेता रायमाझी

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार १०:२३

 

National Life

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पछिलो समय पार्टीभित्र देखिएको समस्या सहमतिका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री रायमाझीले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताले आपसी सहमति कायम गर्नुको विकल्प नभएको बताउँदै अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारे ।

Classic Tech Mobile
Classic Tech Desktop

“पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँटमा बढी केन्द्रित रहेको छ, विवाद खासगरी ‘पावर सेयरिङ’मा सम्बन्धित छ, यही विषयले उचाइ लिइरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहनु पर्ने उनले बताए ।

दुई तिहाइको वर्तमान सरकार बनेपछि जनतामा सरकारप्रति अपेक्षा बढे पनि सरकारले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेको स्वीकार गरे ।

उनले भन्नुभयो, “मुलुक यतिबेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सीमा विवादमा सिङ्गो राष्ट्र एकजुट भएर लागिरहेको छ, यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् कुरा हो, सरकारलाई परिणाममुखी बनाउनका लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान हुने होइन ।”

अहिले देखिएका विवाद समाधानका लागि नेताहरुले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया