• २३ भदौ २०८३, मंगलबार
  • १२ः०४ राती

आज ११ बजे बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार १०:५७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।अर्को बैठक असार २२ गतेलाई बोलाइएको छ ।

National Life

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो। स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताएका छन् ।

आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो। शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन।

दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो।

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ।

प्रतिकृया