• १९ भदौ २०८३, शुक्रबार
  • ५ः१४ बेलुका

साढे ३ महीनादेखि बन्द पुनः श्रमस्वीकृति खुल्ला

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०४:३१

 

काठमाडौं । लकडाउनका कारण साढे ३ महीनादेखि बन्द गरेको वैदेशिक रोजगारको पुनः श्रमस्वीकृति सरकारले बिहीवारदेखि खुला गरेको छ ।

Kamana Sewa

वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किई बन्दाबन्दीका कारण नेपालमै अड्किएका तथा करार अवधि बाँकी रहेका हकमा कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिनेगरी पुनः श्रमस्वीकृति सुचारू गरिएको हो ।

Classic Tech Desktop

असार १५ गतेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । त्यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को असार ७ गतेको बैठकले श्रमस्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

श्रम कार्यालय, ताहाचलका अनुसार पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा पुनः श्रमस्वीकृति प्रदान गरिनेछ । श्रम कार्यालय ताहाचलबाट बिहीवारदेखि नै यस्तो स्वीकृति दिन थालिसकेको छ । श्रम कार्यालय प्रमुख उमेश बस्नेतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएसँगै कार्यालयमा आउनेहरूलाई पुनः श्रमस्वीकृति दिन थालिएको बताए । ‘वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रमस्वीकृति दिन थालिएको छ । तर, नयाँ श्रमस्वीकृति भने अहिले दिइने छैन,’ बस्नेतले भने ।

वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति पाए पनि सहज रूपमा अन्तरराष्ट्रिय उडान नभएका कारण ती देशमा जान कठिन छ । यद्यपि यात्रुको संख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउन चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रमस्वीकृति लिएकाहरूले यात्रा गर्न सक्नेछन् ।

कोरोना सक्रमण बढेसँगै कोरोना उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रमस्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर बिदामा नेपाल आएका तथा नयाँ श्रमस्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।
श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रमस्वीकृति दिन वैदेशिक रोजगार विभागलाई पत्राचार गरेअनुसार मातहतका कार्यालयहरूले श्रमस्वीकृति दिन थालेको श्रम विभागका महानिर्देशक कुमार दाहालले बताए ।

उनका अनुसार कोरोना महामारीका बीच पनि कतिपय देशमा उच्च सतर्कता अपनाएर काम भइरहेको र उद्योगहरू चलिरहेको अवस्थामा श्रम गन्तव्यमा जान चाहनेका लागि पुनः श्रमस्वीकृति दिन लागिएको हो । बन्दाबन्दीको अघिसम्म कबिी ५ हजारको हाराहारीमा बिदामा नेपाल आएको हुनसक्ने विभागको अनुमान छ । तत्काल बिदामा आएका जाने अवस्था एकदमै कम रहेको उनी बताउँछन् । ‘अहिले तत्काल एकरडेढ सय जान सक्छन्, अझै कोरोना कायमै रहेकाले अरू जान सक्ने अवस्था नदेखिएको ।

कतिपय कम्पनीबाट कामदारको माग भई आएको र पहिले नै कागजात तयार भइसकेकाहरूका लागि श्रमस्वीकृति दिन थालिएको विभागका अधिकारीहरूको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने सरकारले हतार गरेर पुनः स्वीकृति सुचारु गरेको प्रतिक्रिया दिएको छ । ‘कोरोनाको जोखिम कम नभएको बताएका छन् ।

हामीले श्रमस्वीकृति दिए पनि र रोजगारदाताले लिन खोजे पनि सम्बद्ध देशले कामदारलाई आफ्नो देशमा प्रवेश गराउन मानेन भने नेपाली कामदारको झन् बिचल्ली हुने संघका अध्यक्ष विष्णु गैरेले बताए ।
सरकारले कूटनीतिक माध्यमबाट रोजगारदाता मुलुकसँग छलफल गर्ने र स्पष्ट मापदण्ड बनाएर सुरक्षा सतर्कताका साथ जोखिमरहित देशमा कामदार पठाउन थाल्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया