• ८ असोज २०८३, बिहीबार
  • १ः४८ दिउँसो

बाघको आक्रमणबाट बर्दियाका दुई घाइते

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार १०:०१

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् ।

National Life

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिएका छन् ।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ ।

घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।

प्रतिकृया