• १९ भदौ २०८३, शुक्रबार
  • ६ः३२ बिहान

फौजी किराको प्रकोप बढेपछि कालिकोटका किसान चिन्तित

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार ०५:५३

 

कालिकोट । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।

Kamana Sewa

गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।

Classic Tech Desktop

फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको र त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल चालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अमेरिकन फौजी किराको नियन्त्रणका लागि विषादी खरिद गर्ने प्रयास थालिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जानकारी दिए ।

“कीराको बिगबिगी बढ्दै जाँदा किसानहरु चिन्तित भएका छन्”, उनले भने, “आफ्नो खेतबारीमा लगाएको अन्नबाली किराले नष्ट गरेपछि उनीहरुले कृषि विकास कार्यालयमा सम्पर्क गरेका छन् ।”

प्रतिकृया