• ८ असोज २०८३, बिहीबार
  • ९ः५६ राती

बैतडी र दार्चुलामा फौजी किराको प्रकोप, लकडाउनका कारण किटनाशक औषधि नपाउदा किसान समस्यामा

प्रकाशित मिति

२०७७ जेष्ठ २९ गते, बिहीबार ०९:५९

 

National Life

बैतडी । बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । लकडाउनका कारण फौजी किरा नियन्त्रण गर्न किटनाशक औषधि नपाउदा किसान झन् समस्यामा परेका छन्

मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोपका रूपमा देखा परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

फौजी किराले मकैबाली सखाप पारेको किसानले बताएका छन् । फौजी किराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् ।

दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टका अनुसार दोगडाकेदार गाउँपालिका–१ को रिम, गोरङ र वडा नं ६ को सित्तडलगायत बस्तीमा मकै नउम्रिने र उम्रेको बोटमा समेत किराको प्रकोप देखिएको छ ।

जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए ।मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो ।

फौजी किराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको छ । पुर्चौडी नगरपालिका–२ महादेवस्थानको जर्सौटोलमा रहेका ६० परिवारको खेतमा लगाएको मकैबाली दुई हप्तादेखि अज्ञात किराले नष्ट गरिरहेको स्थानीय डम्मरराज पन्तले जानकारी दिएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका स्थानीय राजेशसिंह विष्टले भने, ‘गत वैशाखमा खेतमा मकै लगाएका हौँ, खेतमा लगाएको मकै गोड्न जाँदा मकैका बोटमा ठाउँठाउँमा प्वालहरु छन् । यसपालि उम्रिनै लागेको मकैबालीमा किरा लागेपछि सोचेजस्तो बाली भित्र्याउन सकिएला जस्तो छैन ।’

गोकुलेश्वरलगायत क्षेत्रमा किराले मकैबाली सखाप पार्न थालेको भन्दै किसानले प्राविधिक सहयोगका लागि अपिल गरेका छन् । खेतमा छरेको मकै नउम्रिँदा विभिन्न बस्तीका किसान खेतमा दोस्रो चोटी मकै लगाउन थालेका छन् ।

वैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तित बनाएको हो ।

किराले गुबो खाएपछि मकै फस्टाउन पाएको छैन । बर्खेमकैमा फौजी किराले पातै नआउने गरी मकैको गुबो सखाप बनाएपछि मकै भित्र्याउने आशा मरेको गोकुलेश्वरका किसान गङ्गादत्त जोशीले भने ।

पहाडी क्षेत्रको मुख्य खाद्यान्नका रूपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्न अभावको चिन्ताले सताएको हो ।

लकडाउनले किटनाशक औषधि लिनसमेत नपाएपछि किसान झन् समस्यामा छन् । मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौजी किराको प्रकोपले यसको उत्पादनमा असर पार्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

प्रतिकृया