• ७ असोज २०८३, बुधबार
  • १ः१३ राती

मिलन युवा क्लवको नयाँ कार्य समिति गठन, क्लवद्वारा रक्तदान र सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०२:०२

भक्तपुर, मिलन युवा क्लवद्वारा बालकोट , ईखुडोलमा क्लबको नया कार्य समितिको पुनर्गठन गरिको छ । मिलन युवा क्लवको नया कार्य समिति पुनर्गठन शुक्रबार भएको हो । नया कार्य समितिका अध्यक्षमा प्रभात पौडेल निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी उपाध्यक्ष रश्मि पौडेल , सचिव प्रतिज्ञा के सि , कोषाध्यक्ष सौरभ ठकुरि , सदस्यहरु अरुण श्रेष्ठ, सौरभ केसि, सरिन ठकुरि , मनिषा श्रेष्ठ र सायना पौडेल चयन हुनु भएको छ । त्यसैगरी निबर्तमान अध्यक्ष निर्मल पौडेल टिमलाई त्यस टिमले गरेको कार्यको लागि धन्यवाद ज्ञपान गरिएको थियो ।

National Life

विश्व महामारीको अतंकमा रहेका बेलामा कसैलाई रक्तको अभावमा ज्यान घुमाउन नपरोस भन्ने उद्धेशयले सोही कार्यक्रममा मिलन युवा क्लव र नेपाल रेडक्रस सोसाईटी बालकोट युवा सर्कलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको थियो । ५९ जना दाताले रक्तदान गर्नुभएको थियो जसमध्ये महिला १७ जना र पुरुष ४२ जना रहनु भएको थियो ।

शुक्रबार विश्व वाताबरण दिवस मनाइएको थियो । सोही अवसरमा मिलन युवा क्लवद्वारा आज गोदावरी खोला सरसफाई गरिएको छ । आउने मंगलवार (२७ गते) ढुंग्री खोला सरसफाई जनचेतना कार्यक्रम गर्ने र शनिवार ( ३१ गते ) गोदावरि खोला देखि ईखुडोल चोक सम्मको बाटो सरसफाई गर्ने क्लबका सल्लाहकार जयराज पौडेलले जनकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया