• २८ भदौ २०८३, आइतबार
  • ५ः२८ बेलुका

कैलालीमा दैनिक बिहान ११ बजे सम्म बजार खुल्ने

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार १२:३७

धनगढी, कैलालीमा दैनिक बिहान ११ बजे सम्म बजार व्यवसाय सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजे सम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको हो।

National Life

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजे सम्म बजार पूर्ण रुपमा सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको उनले जानकारी दिए। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मौखिक सहमती भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘पहिले बिहान ९ बजे सम्म थियो। अब बिहान ७ देखि ११ बजे सम्म व्यापार व्यवसाय सञ्चालन गर्ने भनिएको छ।’ उद्योग वाणिज्य संघ लगायतका निकायसँग बजार सञ्चालन गर्ने सन्र्दभमा मौखिक समझदारी भएको प्रजिअ बोहराले बताए।

प्रतिकृया