• २५ भदौ २०८३, बिहीबार
  • ११ः५६ राती

कोरोनालाई जितेर नारायणी उपक्षेत्रीय अस्पतालबाट ९ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०५:०२

काठमाडौं, पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक भारतीयसहित ९ जना कोरोना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। अस्पतालका प्रमुख डा.मदन उपाध्यायले ९ जना संक्रमित कोरोनामुक्त भएर फर्किएको जानकारी दिए।

National Life

उनका अनुसार डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित अन्य आठजना नेपाली छन्। अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए।

डिस्चार्ज हुनेहरूमा पर्साका तीनजना, रौतहटका तीनजना, बाराका दुईजना र एकजना भारतीय नागरिक छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया