• २७ भदौ २०८३, शनिबार
  • ९ः५३ बिहान

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो: डब्लुएचओ

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०३:५७

एजेन्सी, विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन ठूलो सङ्ख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी ७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राख्नुभएको छ ।

National Life

डब्लुएचओले बुधबार एकै दिन एक लाख छ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको वुहानमा कोरोना सङ्क्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो सङ्ख्या देखिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेरियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट “धेरै चिन्तित” भएको बताउनुभएको छ । दक्षिण अमेरिकी देशहरूमा पछिल्ला दिनहरूमा सङ्क्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि सङ्क्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक सङ्ख्यामा सङ्क्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि सङ्क्रमण लगातार वृद्धि भइरहेको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन र्क हजार १७९ नयाँ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आउनुभएको छ । उहाँले विशेषज्ञहरूको सल्लाहविपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाव दिइरहनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पलेजस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधिको प्रयोगलाई बढावा दिनुभएको छ । तर अध्ययनहरूले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानी गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राख्नुभएको छ । उहाँले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र ९जी७० को शिखर सम्मेलनमा नेताहरूको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

“म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु” उहाँले भन्नुभयो । “अरु नेताहरू पनि सहभागी हुनुहुनेछ । यो सबैका लागि ठूलो सङ्केत हुनेछ – सामान्यीकरण १”

जी७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले “स्वास्थ्य स्थितिले अनुमति दिएमा” उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू “पर्ख र हेरको अवस्थामा रहेको” बताउनुभएको छ ।

विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस सङ्क्रमित भएका छन् । यसबिच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।

भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरू आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ ।

यसैबीच, युरोपमा सङ्क्रमण र मृत्युदरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ ।

एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।

भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन पाँच हजार ६०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ ।

चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरू खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् ।

प्रतिकृया