• २६ भदौ २०८३, शुक्रबार
  • ६ः३१ बेलुका

उपचाररत कोरोना संक्रमित शिक्षकको निधन, मृतक संख्या तीन

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार १२:५३

बुटवल, कोरोना संक्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका ४१ बर्षीय पुरुषको बिहिबार बिहान मृत्यु भएको हो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

National Life

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले संक्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँले संक्रमितको बिहान मृत्यु भएको र साँझ पाँच बजे घोषणा गरिने बताउनुभयो । यस्तै प्रदेश ५ को समाजिक विकास मन्त्रालयले पनि विज्ञप्ति मार्फत उहाँको आज विहान निधन भएको पुष्टि गरेको छ । डा.चौधरीले स्थानीय सरकार, सरोकारवाला,सुरक्षाकर्मी लगायतका सहभागिता अनुसार शव व्यवास्थापन गर्ने कार्यविधि अनुसार निजको शव व्यवस्थापन गरिने पनि बताउनुभयो ।

उहाँको मृत्युसँगै नेपालमा कोरोना संक्रमित भएका ब्यक्तिहरुको मृत्यु संख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । जेठ १ गते अस्पतालमा भर्ना भएका ती व्यक्तिको २ गते स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अस्पतालमा उपचार भइरहेकै बेला यसअघि उहाँको मृत्यु भएको भन्दै अफवाह फैलिएपछि अस्पतालले दुई पटकसम्म विज्ञप्ती निकाल्दै उपचार भैरहेको जनाएको थियो ।

प्रतिकृया