नेपालले जारी गरेको नयाँ राजनीतिक नक्सा प्रति भारतको असन्तुष्टि
प्रकाशित मिति
२०७७ जेष्ठ ८ गते, बिहीबार ०८:४४
काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सा अस्वीकार्य भएको बताएको छ ।
बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गरेको छ । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ।
नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने–‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’
नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नभएको बताएको हो । सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै प्रवक्ता श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ ।
साथै नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।






प्रतिकृया