• ७ असोज २०८३, बुधबार
  • २ः१९ राती

फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित

प्रकाशित मिति

२०७७ जेष्ठ ६ गते, मंगलवार ०९:४३

काठमाडौं । मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् ।

National Life

आफूले करिब १२ रोपनी जमिनमा लगाएको मकैलाई कीराले खाएपछि माङसेबुङ गाउँपालिकास्थित इभाङका किसान करणवीर योङहाङले अहिलेसम्म कीरा नियन्त्रणको कुनै उपाय निकाल्न सकेको छैन । उनले भने, “गाउँपालिकाको कृषि शाखामा कुरा गर्दा अहिले कीरा नियन्त्रणका लागि केही पनि औषधि नभएको जवाफ पाएँ । यो वर्ष मकै सबै सखाप भए । यस्तो कीरा त कहिल्यै देखिएको थिएन । ”जिल्लाका माङसेबुङ, चुलाचुली, फाकफोकथुम, माई, इलाम, सूर्योदय नगरपालिका लगायत सबैजसो स्थानीय तहमा लगाइएको मकैमा फौजीको प्रकोप देखिएको छ ।

जिल्लाको साढे पाँच सय हेक्टर जमिनमा लगाइएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खड्काले बताएका छन् । फौजीको प्रकोप बढेपछि दैनिक पाँच–सात जना किसान कार्यालयमै आएर यसको रोकथामको उपाय सोधे, दैनिक १५–१६ जना किसानले टेलिफोनबाटै रोकथामको उपाय सोधिरहेको छ, खड्काले भने, “नियन्त्रणको उपायबारे किसानलाई बताउँछौँ, औषधि सिफारिस गर्छौं तर यहाँबाट दिने औषधि भने छैन । ” चालू आर्थिक वर्षमा कार्यालयले आकस्मिक बजेटका लागि रकम नछुट्याएकाले फौजी नियन्त्रणका लागि औषधि खरिद गर्न नसकिएको खड्काको भनाइ छ । गोरखापत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया